५ भाद्र २०७७, शुक्रबार

काठमाडौं, ५ भदौ । कोरोनाका कारण यस वर्ष खुलेर हिन्दू महिलाले हरितालिका तीज मनाउन नपाएपनि सौभाग्यको प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला शिवको पूजाअर्चना गरेर वर्षभरिको दुःख विर्सेर तीज मनाएका छन् ।

कोरोनाले मन्दिर दर्शन गर्न नपाएपनि नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वको महत्वलाई कम भने हुन दिएनन् ।

विशेष गरी नेपाल र भारतका केही स्थानमा हिन्दू महिलाले हरितालिका तीज धुमधामका साथ मनाएका छन् । सौभाग्यको प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला शिवको पूजाअर्चना गरेर वर्षभरिको दुःख विर्सेर तीजको रौनकमा रमाएका छन् ।

नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नारी शक्तिलाई बोकेको छ भने धार्मिक महत्वले यसलाई थप महत्वको पर्व बनाउँदै आएको छ ।

नेपाली समाजमा हरितालिका तीज पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका महिलाहरूले मात्र मनाउँछन् भन्न सकिन्छ । कोरोनाको कहरका बीचमा तीजको रौनक र उत्साह कम देखिए पनि यसले हाम्रा चाडपर्वलाई मौलिक, सरल, सभ्य र शिष्ट रुपले मनाउनु पर्दछ भन्ने सिकाएको छ ।

हाम्रा लागि हाम्रो जीवन पहिलो प्रथामिकता हो । पहिला जीवन जोगाऊँ, आफू सुरक्षित बनौं, अरुलाई सुरक्षित राखौं अनि जीवन रहे मात्र स्वतन्त्रता, खुसी र सुख भोग गर्न पाईन्छ अनि हरेक वर्ष आईरहने यी र यस्ता चाडवाड निरन्तर मनाउन पाईन्छ भन्ने जीवन्त सन्देश पनि कोरोनाको चपेटोमा परेको तीजले दिएको छ ।

सम्बन्ध सुधार गर्ने, अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज । अहिले पनि यसको आस्था र महत्व उत्तिकै छ । तर, यस वर्ष कोरोनाको असर र निषेधाज्ञाका कारण रमझम र रमाइलो माहोल भने घरमा मात्रै सीमित हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV