५ भाद्र २०७७, शुक्रबार
  • मनिराज पाण्डे

कालीकोट, ५ भदौ । नरहरिनाथ गाउँपालिकामा बुधबार पहिरोमा परि बेपत्ता भएका चार जना मध्य एक जनाको शव भेटिएको छ । १२ बर्षीय रमित सहकारीको शव माटोमा गाडिएको अवस्थामा भेटिएको हो ।

स्थानीय नागरिक जनप्रतिनिधि र प्रहरीको खोज उद्दारपछि उक्त शव भेटिएको डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिनुभयो । असार महिना पछि कालीकोट जिल्लाभर बाढी पहिरोबाट ३० जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV