५ भाद्र २०७७, शुक्रबार
  • तारा आचार्य

विराटनगर, ५ भदौ । दिनहु कोरोना संक्रमीतको संख्या बड्न थालेपछि र गरिएको लकडाउनमा पनि कोरोना संक्रमितहरु झन थपिन थालेपछि मोरङका केही क्षेत्रमा आज राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले विराटनगर महानगरपालिका, रंगेली नगरपालिकाको वडा नं, ४, ५, ६ र ७ , कटहरी गाँउपालिकाको वडा नं। १, २, ३, ४ र ५ तथा बुढीगंगा गाँउपालिकाको वडा नं, १, २, ३ र ४ नम्बरमा निषेधाज्ञा जारी गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिनुभयो । यसैगरी जिल्लाभरी राति ९ बजे देखि हिडडुलमा पूर्ण रोक लगाइएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ बमोजिम लगाइएको निषेधाज्ञामा अत्यावश्यक बाहेकका काममा घर बाहिर निस्किन नपाउने जिल्ला प्रशासन कार्यालय मोरङले निकालेको सूचनामा उल्लेख छ । मोरङमा १ हजार २ सय ४८ संक्रमित छन् भने १२ जनाको मृत्यु भइसकेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV