
- शिव डुम्रे,
बुटवल, ५ भदौ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरुले अस्पतालभित्रै गीत गाएर तीज मनाएका छन् । गाउन, पीपीई र मास्क लगाएर अस्पतालकै नर्सहरुले तीजको भाका गाउनुको साथै नाचेर तीज पर्व मनाएका हुन् ।
विगत पाँच महिनादेखि कोरोनाक संक्रमण सुरु भएसँगै नियमित उपचारका लागि आउने बिरामीहरुको सेवामा खटिएका नर्सहरुले अस्पतालमै तीज गीत गाएर तीज पर्व मनाएका हुन् ।
हिन्दू नारीहरुको महान पर्व मानिने हरितालिका तीज मनाउन अरुबेला माइती घर जाने नर्सहरु यो वर्ष भने अस्पतालमै कोरोनाको चेकजाँचको तथा अन्य विरामीहरुको हेरचाहमै वितिरहेको छ ।
कोरोना महामारीका कारण बाहिर नाचगान गर्ने अवस्था नभएको र सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण पनि नर्सहरुले अस्पतालको आफ्नो कार्यकक्षमै कोरोना सचेतनासहितका सन्देशमूलक गीतमा तीजको लयमा गीत गाउँदै तीज मनाएका हुन् ।
बुधबार साँझ उनीहरुले गाएका गीतले अस्पतालको माहोल नै छुट्टै बनाएको थियो । दैनिक कोरोना संक्रमितहरु बढिरहेका अवस्थामा नर्सहरुले सन्देशमूलक गीत गाएर तीज मनाउँदा अस्पतालका विरामीहरु प्नि निकै खुसी देखिन्थे ।
सामाजिक विकास मन्त्रालयले समेत नर्सहरुले गाएका सन्देशमूलक गीतले विरामीको मनोबल बढ्ने र सन्देश फैलने भन्दै स्टाफहरुलाई धन्यवाद दिएको थियो ।