५ भाद्र २०७७, शुक्रबार

काठमाडौं, ५ भदौ । नेपालस्थित ईजरायली दूतावासले ईजरायली परिकारको विविधता सम्बन्धी अनलाइन कन्फरेन्सको सुरुवात गरेको छ ।

ईजरायलका प्रख्यात टेलिभिजन प्रस्तोता एवं सेफ गीलहोभावको सञ्चालनमा काठमाडौं मेरियट होटलका सेफहरुसँग ईजरायली पकवानको इतिहास तथा संस्कृतिबारे भिडियो कन्फरेन्समार्फत् सिकाई आदान प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा काठमाडौं मेरियट होटलका तर्फबाट प्रमुख सेफ सञ्जिव रञ्जन, एमएस ग्रूपका निर्देशक गौरव अग्रवाल, सुवर्ण थापा, स्वस्तिका घोसालको उपस्थिति थियो ।

कार्यक्रममार्फत् मेरियट होटलका सेफहरुले ईजरायली सेफको सिकाई अनुसार विभिन्न ईजरायली परिकारहरु तयार पारेका थिए । उक्त परिकारहरुलाई कुशे औंशी (बुबाको मुख हेर्ने दिन) को अवसरमा भक्तपुरस्थित मानव कल्याण समाजमा आश्रीत ७३ जनालाई खुवाइएको थियो ।

कार्यक्रममा बोल्दै राजदूत बेनी ओमरले यस किसिमको सिकाई आदान प्रदान कार्यक्रमले दुई देशबीच खानपानको संस्कृति बुझ्न र दुई भिन्न समाजलाई नजिक ल्याउन मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV