५ भाद्र २०७७, शुक्रबार
  • तारा आचार्य

विराटनगर ५ भदौ । विराटनगरमा पनि अधिकांश मन्दिरहरु सुनसान बनेका छन् । हिन्दू महिलाहरुको महान चाड तीजमा अन्य बर्षहरुमा भीडभाड हुने विराटनगरका अधिकांश मन्दिरहरु यस बर्ष कोरोना संक्रमणका कारण सुनसान देखिएका हुन् ।

तीजको दिन महिलाहरुले निराहार ब्रत बसेर शिवालयहरुमा पूजा आजा गर्ने र रमाइलो गर्ने मंन्दिरहरुमा यसपालिको तीजमा फाट्ट फुट्ट महिलाहरु मात्र देखिएका थिए । कोरोना भाइरसको कारण सवै मन्दिरहरु प्राय बन्द नै रहेका छन् तर परम्परागत रुपमा भगवान शिवको पूजाआजा गरी मनाउदै आएको पर्व भएकाले मन्दिर आएको ब्रतालु महिलाहरुले बताएका छन् ।

उनीहरुले सधैका बर्षहरुमा जस्तो यस बर्ष रमझम नगरेको र कोरोनाका कारण धेरै भीडभाड नगरेको बताएका छन् । घरमै पूजा गर्दा चित्त नबुझेर मन्दिर दर्शन गर्न आएको उनीहरुको भनाइ छ।

सामाजिक दुरी कायम गरी भीडभाड नगरी मन्दिरमा दर्शन गर्न आएको र कोरोनाका कारण अन्य कार्यक्रमहरु नमनाएको उनीहरुले बताएका छन् । अन्य बर्षहरुमा यी मन्दिरहरुमा भीडभाड हुने र पूजा गर्नेको घुइचो हुन्थ्यो तर यस बर्ष सवै मन्दिरहरुमा सुनसान छ । उनीहरुले अन्य दिदी बहिनीहरुलाई पनि सतर्कता अपनाएर पूजा गर्न आग्रह गरेका छन् ।

संक्रमितको संख्या दिनहँु बड्न थाले पछि तेस्रो सातादेखि विराटनगर महानगरपालिकाले लकडाउन गरेको छ । भीडभाड हुने बजार मन्दिर अन्य हाटबजारहरु सवै बन्द गर्ने निर्णय अनुसार यसपालिको तीजमा मन्दिरमा पनि भीडभाड देखिएन । मन्दिर दर्शन गर्न आएकाहरुले पनि मास्क प्रयोग गरेका र सामाजिक दुरी कायम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV