५ भाद्र २०७७, शुक्रबार
  • हरिकृष्ण गौतम

म्याग्दी, ०५ भदौ । बाढी पहिरोबाट विस्थापित म्याग्देलीको पुर्नवास अभियानमा म्याग्दी समाज मुन्डुबेराले झण्डै साढे ७ लाख सहयोग गरेको छ । रोजगार, शिक्षा र ब्यवसायको सिलसिलामा अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको मुन्डुबेरामा बसोबास गर्ने म्याग्देलीको साझा संस्थाले विस्थापित भएकालाई पुर्नवास अभियान सञ्चालन गरिरहेको मोना अन्तराष्ट्रियको खातामा ७ लाख २३ हजार ७५० रुपैयाँ सहयोग गरेको अध्यक्ष पूर्णबहादुर रोकाले बताउनुभयो ।

‘बाढीपहिरोबाट विस्थापित म्याग्देलीलाई सानो सहयोग गरेका छौ,‘ पुर्नवास अभियानमा सहज हुनेमा विश्वस्त छौ’ अध्यक्ष रोकाले भन्नुभयो । गएको असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, बिम सहित जिल्ला विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापितलाई पुर्नवास अभियानमा कोरोना भाइरसका कारण काम समेत गुमेर बसेकाहरुबाट समेत बाढीपहिरोले ठूलो जनधनको क्षती भएको खबरले मन खुलेर सहयोग गरेको संस्थाका महासचिव रमेश रोकाले जानकारी दिनुभयो ।

मोना अन्तराष्ट्रियले गरिमा विकास बैंक बेनी शाखामा रहेको खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको थियो । बाढी पहिरोबाट विस्थापितलाई मोनाले विश्वभर रहेका राष्ट्रिय समितिमार्फत एकद्धार प्रणालीबाट सहयोग जुटाएर पुर्नवास अभियान सञ्चालन गरिरहेको मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले बताउनुभयो ।

‘मुन्डुबेराका म्याग्देलीलाई यो सहयोगका लागि धेरै धेरै धन्यवाद दिन्छु,‘हामी सबै प्रवासी मिलेर विस्थापितलाई सुन्दर घर दिने प्रयासमा छौ’ अध्यक्ष जुग्जालीले भन्नुभयो । उहाँले छिट्टै त्रिपाल, टेन्ट र छिमेकीको घरमा बसोबास गर्नेलाई पुर्नवासमार्फत आफ्नै घरमा बस्ने ब्यवस्था मिलाउने अध्यक्ष जुग्जालीको भनाई छ ।

बाढीपहिरो विस्थापितलाई खाद्यान्न लगायतको राहतमा समस्या नभएकाले पुर्नवास नै पहिलो प्राथमिकता भएको अध्यक्ष जुग्जालीको भनाई छ । मोना अन्तराष्ट्रियले राष्ट्रिय समिति र क्षत्रीय समितिलाई मोनाको अभियानमा रकम जम्मा गर्न यसअगाडी नै पत्रचार समेत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV