५ भाद्र २०७७, शुक्रबार
  • मनिराज पाण्डे,

कालिकोट, ५ भदौ । छिमेकी जिल्ला जुम्ला र आसपासका क्षेत्रहरुमा कोरोना संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय कालिकोटले निषेधाज्ञा जारी गरेको छ ।

आज (शुक्रबार)राति १२ बजेदेखि १० गते राति १२ बजेसम्म पाँच दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले जानकारी गराएका हुन् ।

कालिकोटमा हालसम्म ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६६ जना उपचारपछि डिस्चार्ज भइसकेका जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताए ।

८ जना जिल्लाका विभिन्न आइसोलेसनमा रहेका छन् । हिजो मात्र पुष्टि भएका छ जना मध्ये तीन जना व्यापारी, दुई जना कर्मचारी र एक जना भारतबाट फर्केका स्थानीय बासी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV