५ भाद्र २०७७, शुक्रबार
  • नन्दराम खड्का,

रोल्पा, ५ भदौ । अविरल वर्षाका कारण रोल्पामा पहिरो जाँदा ठूलो मात्रामा धनजनको क्षति भएको छ । दुई–तीन दिनदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा जिल्लाको माडी गाउँपालिका–१ भीरमुनीका दुई वटा घर र वडा नम्बर ५ भावाङका ३ वटा घर पुरिएको छ ।

गएराति ११ बजे खसेको पहिरोले भावाङमा ३२ वटा बाख्रा बगाएको छ, भने अन्य लाखौं रुपैयाँको भौतिक क्षति भएको छ । त्यस्तै, उक्त पहिरोमा परी ३ जना स्थानीयसमेत सामन्य घाइते भएका ईलाका प्रहरी कार्यालय घर्तीगाउका प्रहरी निरीक्षक सुदिर खड्काले जानकारी दिए ।

त्यस्तै, वडा नम्बर १ झिनुवामा पनि गएराति पहिरो गएको छ । तर, मानवीय क्षति भने नभएको जानकारी गराइएको छ । प्रहरीको टोली घटना स्थलतर्फ जाँदै गरेको र थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

भावाङको पहिरोमा परी घाइते बनेका ३ जनाको घर्तीगाँउमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV