५ भाद्र २०७७, शुक्रबार
  • सुमन कार्की

पाल्पा, ५ भदौ । आज हरितालिका तीज । महादेवको पूजा गर्दै ब्रत बसेर आज धुमधामका साथ मनाइयो यो पर्वलाई यसपटक कोरोना भाइरसले प्रभावित बनायो।

विगतमा यस दिन तानसेनको भगवती मन्दिर परिसरमा रहेको शिव मन्दिरमा भक्तजनको भीड र उत्सव समेत लाग्ने गर्दथ्यो । तर यसपटक भने कोरोना भाइरसको महामारीका कारण मन्दिर र मन्दिर परिसरनै सुनसान बनेको छ ।

पाल्पाका अधिकांश शिवालयहरुमा नै कोरोना महामारीका कारण चहलपहल कमै मात्रामा छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV