५ भाद्र २०७७, शुक्रबार
  • ज्योति कुमार पन्थी

बर्दिया, ५ भदौ । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा गए राती एघार बर्षीय बालीकाको अपहरण गरी बलात्कार भएको छ । बारबर्दिया नगरपालिका ८ औँरीको भगतपुरका २१ वर्षीय चन्द्रराम बिकले हजुर आमाको काखमा सुतेकी ११ बालिकालाई अपहरण गरि बलात्कार गरेको बालिकाका अभिभाबकले आरोप लगाएका छन् ।

स्थानीय चन्द्रराम बिक नाम भएका ब्यक्तिले आफ्नो छोरीलाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोपमा पीडित अभिभावकले जाहेरी दिएको इलाका प्रहरी कार्यालय बानियाभारका प्रहरी निरीक्षक हिक्मत बहादुर भण्डारीले जानकारी बताउनु भयो ।

पीडित बालिकालाइ स्वास्थ्य उपचारका लागि अस्पताल लगिएको र बलात्कारी बिकलाई इलाका प्रहरी कार्यालय बानियाभार राखि थप अनुसुन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV