५ भाद्र २०७७, शुक्रबार

भाेजपुर, ५ भदाै । पुरानो ईतिहास बाेकेको १३२ वर्षअघि निर्माण भएको पाँचधारे माछापोखरी संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा–९ मा रहेको यो पोखरी संरक्षणमा कसैले चासो नदिँदा जीर्ण बन्दै गएको हो ।

वि.सं १८४४ सालमा निर्माण भएको ऐतिहासिक पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । १३२ वर्ष पुरानो यस पोखरीमा पूजाआजा गरे शुभ हुने विश्वास छ । पुराना ऐतिहासिकता बाेकेको यस पोखरीलाई संरक्षणका लागि कसैले चासो नदिँदा जीर्ण बन्न पुगेको हो ।

जिल्लाका पर्यटकीय स्थलमध्ये टेम्के डाँडा, सेल्मे, कपासेसँगै रहेको यो पोखरीको संरक्षण तथा प्रचारप्रसार गर्न सके सयौँको संख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना रहेकाले पोखरी संरक्षणमा शुरुवाती चरणमा बजेट विनियोजन गर्न नसके पनि स्थानीय निकाय यस वर्षबाट संरक्षणका लागि लागिपरेको छ ।

नयाँवर्ष तथा विभिन्न उत्सवहरुमा आफ्नो खुशी प्रस्फुटन गर्न सयौँको संख्यामा आन्तरिक पर्यकहरुको आवागमन हुने यस क्षेत्रभित्र रहेका ऐतिहासिक महत्वका यस्ता सम्पदा ओभोलमा छन् । यस्ता पर्यटकिय स्थलहरुलाई पहिचान गरी प्रचारप्रसार तथा संरक्षणमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV