५ भाद्र २०७७, शुक्रबार
  • राम गोपाल तमखु

भक्तपुर, ५ भदौ । उपत्यकामा बिहीबारदेखी जारी गरेको निषेधाज्ञा पहिलो दिन भक्तपुरमा ५३७ जना र १८४ वटा सवारी साधन कार्वाहीमा परेको छ । भक्तपुर जिल्ला भित्र बिभिन्न ठाउँमा अनावश्यक रुपमा हिडडुल गरी निषेधाज्ञा उलंघन गरेका ४३७ जना पुरुष र १०० जना महिलालाई कारबाही गरेको हो ।

२३ वटा चारपाङ्गे र मोटरसाइकल १६१ वटालाई कार्वाही गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत डिएसपी दिपक गिरिले बताउनु भयो । हिजो देखि सूचना जारी गर्दा पनि आज अनावश्य रुपमा बाहिर हिड्डुल गरी निषेधाज्ञा उलंघन गर्नेलाई सडक पेटीमा होल्डिङ सेन्टर बनाई २ घण्टा उभ्याइएको राखेको हो ।

सवारी साधनलाई नियन्त्रणमा लिएको ठाउँमा नै होल्ड गरि साँझ मात्र पठाएको डिएसपी गिरीले बताउनु भयो । शुक्रबारबाट भने निषेधाज्ञा उल्लंघन गर्नेलाई सरुवा रोग संक्रमण ऐन २०२० अनुसार कारवाही गरिने पनि उहाँले बताउनु भयो ।

बिहान जिल्लाको मुख्य चोक बजार लगायत बिभिन्न क्षेत्रमा सुरक्षाकर्मीहरु बसेर किनमेलको लागि हिड्ने मान्छेहरुलाई भोलिबाट निश्चित समयमा मात्र निस्कन सम्झाउने गरिएको थियो । बिनाकाम यताउता डुल्ने मान्छेहरुलाई भने दुई घण्टा होल्डीङ गरेर राखि सम्झाई बुझाई पठाउने गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV