५ भाद्र २०७७, शुक्रबार

नुवाकाेट, ५ भदाै ।  गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५ बाट चार जनालाई बिहीबार राति पक्राउ गरेको छ ।

काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी नुवाकोटका प्रहरी निरीक्षक बिष्णु फुयालले जानकारी दिए ।

प्रहरी निरीक्षक फुयालका अनुसार गौहत्या गरेर मासु भाग लगाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV