५ भाद्र २०७७, शुक्रबार

काठमाडौँ, ५ भदौ । आज हरितालिका तीज । विगतमा यस दिन पशुपतिनाथ मन्दिरमा भक्तजनको अचाक्ली भीड र उत्सव लाग्ने गर्थ्याे । तर  यसपटक भने कोरोना भाइरसको महामारीका कारण पशुपति सुनसान छ ।

देशका अधिकांश शिवालयहरुमा नै कोरोना महामारीका कारण चहलपहल छैन । पशुपतिनाथ मन्दिर पनि सर्वसाधारणका लागि खुला गरिएको छैन । त्यसैले आज पशुपतिनाथको सुनसान बनेको हाे ।

जिल्ला प्रशासन कार्यालयले उपत्यकमा निषेधाज्ञा लागू गरे संगै हरितालिका तीजको दिन पनि पशुपतिनाथको मन्दिर सुनसान बनेको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । साथै पर्वका अवसरमा पशुपतिलगायतका मन्दिरहरु बन्द गरिएका छन् । बुधबार रातिदेखि निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन् ।

पछिल्लो समय उपत्यकामा कोरोना भाइसरका सक्रमितको संख्या बढेसंगै सरकारले उपत्यकामा निषेधाज्ञा लागु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV