४ भाद्र २०७७, बिहीबार

काठमाडौ, ४ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले रोकिएको एक वर्षको तलब उठाउन आइसीसीसंग पहल गरेको छ ।

सन २०१९ देखि रोकिएको एक वर्षको तलब माग गर्दै क्यानले सबै खेलाडीहरुको हस्ताक्षरसहितको नाम आईसीसीलाई बुधबार पठाएको हो । क्यान निलम्बनमा परेकाबेला संघको केन्द्रीय सम्झौतामा रहेका २१ खेलाडीलाई आईसीसीले तलब प्रदान गर्दै आएको थियो ।

तर, गत वर्ष २०१९को तलब भने खेलाडीले अहिलेसम्म पाउन सकेका छैनन् । आईसीसीले नै खेलाडीको हस्ताक्षरसहितको पत्र पठाउन आग्रह गरेकाले छिट्टै खेलाडीले रोकिएको तलब पाउनेका विश्वस्त रहेको बुझाइ छ । सन् २०२० को तलब खेलाडीले अब क्यानमार्फत पाउनेछन् । तर, २०२० को तलब दिन अझै केही समय लाग्नेछ । यसअघि क्यानले २०१९ को खेलाडीको तलबमा १० हजारका दरले दिन अनुरोधसमेत गरेको थियो ।

जसमा ए श्रेणीमा रहेका खेलाडीको ३५ हजार, बी श्रेणीको २५ हजार र सी श्रेणीको १५ हजार मासिक रुपैयाँ दिन आईसीसीलाई अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV