४ भाद्र २०७७, बिहीबार

काठमाडौं, ४ भदौ । कोरोना भाइरस र लकडाउन शुरु भए यता सुनको मूल्यमा ३० प्रतिशत र चाँदीको मूल्यमा करिव ८८ प्रतिशतले बढेको छ । विश्वव्यापी रुपमा बढेको कोरोना महामारीका कारण लगानीकर्ताहरु पँहेलो धातु सुनमा आकर्षित भएसंगै सुनको मूल्य उच्च रुपमा बढेको हो ।

विश्वब्यापी रुपमा कोरोना भाइरसको महामारी शुरु भएयता अन्तर्राष्ट्रिय लगानीकर्ताहरु शेयर बजारबाट सुनमा आर्कषित भए पछि सुनको मूल्य उच्च भएको हो । लकडाउन शुरु हुन भन्दा अघि फागुनमा सुन प्रतितोला ७८ हजार ५ सय रुपैया रहेको थियो । यो मूल्य बढेर सुन तोलामा एक लाख भन्दा बढी पुग्यो ।

बिश्वका बिभिन्न देशका केन्द्रीय बैकहरुले पनि सुन मौज्दात राख्न थाले । अमेरिकी डलर भन्दा पनि सुनमा लगानी गर्न सुरक्षित महशुस गर्दै लगानीकर्ताहरु सुनमा आर्कषित भएको नेपाल सुन चाँदी ब्यवसायी महासघको अनुमान छ ।

लकडाउन हुनु भन्दा अघि र्चैत १० गते सुनको मुल्य प्रति तोला ७७ हजार रुपैयाँ सम्म पुग्यो । लकडाउन हुनु भन्दा अघि चाँदी प्रति तोला ७ सय २० रुपैया रहेको थियो ।

लकडाउन भए यता अन्तराष्ट्रिय बजारमा सुनमा लगानी गर्न लगानीकर्ताहरु हौसिए । लामो लकडाउनको केही खुकुलो भए पछि जेठ २३ गतेबाट सुन बजारमा नयाँ मुल्य कायम गरिएको थियो,सुनको मूल्य ८८ हजार ३ सय रुर्पैया कायम गरियो ।

लकडाउन पछि खुलेको बजारमा चाँदीको मूल्य प्रति तोला ७ सय २० बाट बढेर ९ सय ३५ पुग्यो । पछिल्लो समय सुनको भाउँको बढ्ने क्रम कायम रह्यो । साउन २३ गते सुनको मूल्यले नयाँ रेकर्ड कामय गर्दै १ लाख ३ हजार ५ सय सम्म पुग्यो ।

चाँदीको बढ्ने क्रम पनि रोकिएन । साउन २७ गते चाँदीको मूल्य १५ सय ६० सम्म पुग्यो । चाँदीको मूल्यमा करीव ८८ प्रतिशत सम्मले बढेको ब्यवसायीहरु बताउछन ।

  • लकडाउन हुनु भन्दा अघि फागुनमा सुनको मूल्य प्रति तोला ७८ हजार ५ सय रुपैयाँ,
  • कोरोनाको महामारी भएको ७ महिना पछि सुनको मूल्य एक लाखको हाराहारीमा,
  • चाँदीको मूल्य फागुनमा प्रति तोला ७ सय २०,
  • ७ महिनापछि भदौमा १५ सय ६० रुपैया सम्म कायम,

कोरोना र लकडाउनका कारण सुनचाँदीको मूल्य उच्च, लगानीकर्ता सुनमा आर्कषित

कोरोनाको महामारीमा शेयर र अन्य क्षेत्रका लगानीकर्ताहरु सुन सुरक्षित हुन्छ भन्दै सुनमा आकर्षित भएको देखिन्छ । नेपालको स्थानीय बजारमा पनि सुनको मुल्य बढ्ने क्रममा रहेको छ ।

एक लाख माथि पुगेको सुनको भाउँ तीजको अघिल्लो दिन बिहिवार ९८ हजार ८ सय रुपैया कायम भएको छ, भने चाँदीको मुल्य प्रतितोला १५ सय ६० सम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV