४ भाद्र २०७७, बिहीबार

धादिङ, ४ भदौ । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा सयौँ मालबाहक सवारी साधन रोकिएका छन् । खाद्यान्न, तरकारी, औषधि, इन्धनलगायत अत्यावश्यक सामग्री बोकेको सवारी साधनलाई प्रवेश दिए पनि अन्य मालवाहक सवारी साधन रोकिएका हुन् ।

निषेधाज्ञा शुरु हुन भन्दा अगाडि नै हिडेका सवारी साधन विचैमा रोकिएपछि चालक र सह–चालकलाई खान बस्नको समस्या भएको छ ।

काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेपछि सरकारले नाकामा कडाई गर्ने निर्णय गर्नुका साथै निषेधाज्ञा जारी गरेपछि थप कडाई थालेको छ ।

निषेधाज्ञामा के कस्ता सामग्री बोकेको सवारी साधन मात्र काठमाडौ उपत्यका प्रवेश गर्न पाउनेछन् भन्ने सूचना नपाउँदा आफुहरु रोकिनु परेको ढुवानीमा संलग्न सवारी साधनका चालकहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV