४ भाद्र २०७७, बिहीबार
  • सुमन कार्की

पाल्पा ४ भदौ । देशभर कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। यसलाई मध्यनजर गर्दै पाल्पा जिल्लामा पनि निषेधाज्ञा जारी गरेको छ ।कोरोना संक्रमण रोकथामको लागि भदौ ५ गते राति १२ बजेदेखि भदौ १२ गते रातिसम्म १२ बजे सम्मको लागि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिएका छन् । पाल्पाको रामपुर नगरपालिकाले केही दिन अघिबाटै लकडाउनको आह्वान गरेको थियो ।

सरकारले स्थानीयमा परेको कोभिडको असरलाई हेरेर निषेधाज्ञा र कफ्र्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाइ दिएपछि पाल्पामा पनि निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV