४ भाद्र २०७७, बिहीबार
  • सुरेश श्रेष्ठ

दाङ, ३ भदौ । प्रदेश ५ सरकारले थारु समुदायको बड्का अट्वारी पर्वको अवसरमा भदौ ७ गते सार्वजनिक विदा दिने भएको छ । बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै भदौ ७ गते सार्वजनिक विदा दिने जानकारी गराएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय सहसचिव माधवराज मरासिनीले सूचना जारी गर्दै थारु समुदायको बड्का अट्वारी भदौ ७ गते परेकोले सोही दिन सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिइएको जानकारी दिएका हुन् ।

प्रदेश सरकार (मन्त्रिपरिषद्का) २०७७ वैशाख १० गते निर्णण अनुसार दाङ, बाँके, बर्दिया जिल्लामा सम्वन्धित समुदायका लागि सार्वजनिक विदा दिइएको उनले जानकारी दिए ।

थारु समुदायले हरेक वर्ष कृष्ण जन्माष्टमी अर्थात् अष्टिम्की पछिको आइतबार अर्थात् कुशे औंशीपछिको पहिलो आइतबार अट्वारी मनाउँदै आएका छन् ।

संघीय लोकतन्त्र गणतन्त्र स्थापनापछि आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको कला, संस्कृति तथा चाडपर्वलाई सम्मान गर्दै राज्यले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV