४ भाद्र २०७७, बिहीबार
  • सुमन कार्की,

पाल्पा, ४ भदौ । गत साउन ३० गते मिर्गौला पीडित रवि वि.क.को बारेमा न्यूज २४ टेलिभिजन र न्यूज २४ को अनलाइनमा समाचार प्रसारण/प्रकाशन भएसँगै सहयोग जुट्न थालेको छ ।

मैत्री क्लब तानसेन पाल्पाका सदस्यहरुले १० हजार ५ सय रुपैयाँ जम्मा गरी मिर्गौला पीडित रवि वि.क.लाई हस्तान्तरण गरेका हुन् । क्लवका निवर्तमान अध्यक्ष विसन्तर शाक्यले सहयोग हस्तान्तरण गर्दै न्यूज २४ मा समाचार प्रसारण भएसंगै आफ्नो ब्लवका सदस्यहरु मिलेर सहयोग गरेको बताए ।

पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ३ पिपलडाँडाका २५ वर्षीय रवि वि.क.को दुवै मृर्गौलामा समस्या देखा परेको छ । हालसम्म अस्पताल धाउँदा धाउँदै ६/७ लाख रुपैंया खर्च भइसकेको उनले बताए ।

आर्थिक अभावका कारण उपचारको खर्च धान्न सक्ने अवस्था नभएको र घरमा कमाउने छोराको रुपमा उनी एक्लै भएका कारण आफन्त तथा गाउँलेको सहयोगमा उनी अस्पताल जाने÷आउने गर्दै आएका छन् ।

सहयोग पाउदा आफू धेरै खुशी भएको बताउँदै उनले सबैलाई धन्यबाद दिए । सबैको स–सानो सहयोगले नै आफू बाच्न सक्ने भन्दै सबैलाई सहयोग गर्न आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV