
- मनोज श्रीवास्तव,
कपिलवस्तु, ४ भदौ । कपिलवस्तुमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा कोरोना संक्रमतिहरुको कुल संख्या १००६ पुगेको छ ।
गत साउन ३१ गते कृष्णनगर नगरपालिकाको बहादुरगन्ज बजार र कृष्णनगर बजार क्षेत्रबाट संकलन गरिएको ३२९ जनाको नमुना स्वाब मध्ये २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
त्यस्तै, ८७ जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी २१८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ कार्यालय, कपिलवस्तुले जनाएको छ ।