४ भाद्र २०७७, बिहीबार
  • नन्दराम खड्का,

रोल्पा, ४ भदौ । हिन्दू नारीहरुको महान चाड तीजको लागि रोल्पाका बजारहरुमा किनमेल गर्नेहरुको भीड लागेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितहरुको संख्या तीब्र रुपमा बढिरहेको भएता पनि रोल्पाका बजारहरुमा भने किनमेल गर्नेहरुको भीड नै लाग्ने गरेको छ ।

कोरोना संक्रमणको उच्च जोखिम भएता पनि बजारमा किनमेल गर्न आउनेहरु अधिकांशले मास्क समेत प्रयोग गरेका देखिदैन । सरकारको निर्देशन अनुसार सामाजिक दूरी कायम गरिएको छैन, भने पसलहरुमा किनमेल गर्नेको भीड नै लाग्ने गरेको छ ।

पछिल्लो समय मुलुकको विभिन्न स्थानहरुमा लकडाउन खुकुलो भएसँगै एक जिल्लाबाट अर्को जिल्लामा आवत जावत गर्नेहरुको संख्या तीब्र रुपमा बढिरहेका छन् । जसको कारण पनि कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको कतिपयको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV