४ भाद्र २०७७, बिहीबार

काठमाडौं, ४ भदाै । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैँयाले घटेको छ ।

नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएअनुसार आज बिहीबार सुन तोलाको ९८ हजार ८ सयमा कारोबार भइरहेको छ ।यस अघि बुधबार बजारमा सुन तोलाको एक लाख ४ सयमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलाको ९८ हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी प्रति तोला १३ सय ६० रुपैँया कायम गरिएको छ । चाँदी तोलाको १५ रुपैंया घटेको हो ।

LIVE TV