४ भाद्र २०७७, बिहीबार

काभ्रेपलान्चोक, ४ भदौ । नेपाली कांग्रेस नेता दावा लामाले भुम्लु गाउँपालिका लागि स्वास्थ्य समाग्री, बिपन्न परिवारहरुका लागि खाद्य सामाग्री र सुरक्षाकर्मीहरुका लागि माक्स सेनिटाइजर पीपीइ सेट जस्ता आश्यक सामाग्री उपलब्ध गराएका छन् ।

नेता लामाको नेतृत्वमा बुधबार कांग्रेस महाधिवेशन प्रतिनिधि बेल लामा, पालिका सभापति अन्चल लामा सहितको टोलिले गाउँपालिका पुगि उक्त सामाग्री पालिकालाई हस्तान्तरण गरेको छ । २६०० थान माक्स , १० थान स्प्रे पम्प र १० केजि सेनिटाइजरको मेर्टियल्स पालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन कुमार बजगाइ र स्वास्थ्य शाखा प्रमुख सुदर्शन भट्टराई लाई संयुक्त रुपमा हस्तान्तरण गरिएको नेपाली कांग्रेस काभ्रे -२ का क्षेत्रीय सदस्य एबम प्रबक्ता अन्जन राज खतिवडाले बताए।

साथै भुम्लु प्रहरी चौकिका लागि माक्स सेनिटाइजार र १० थान पिपिइ सेट प्रहरी चौकी इन्चार्ज लाई र स्थानीय बिपन्न ९६ घरपरिवारका लागि नुन तेल चामल लगाएतका खाद्यान्न सामाग्री तथा माक्स सेनिटाइजर जस्ता अति आवस्यक स्वास्थ सामाग्री कोलाली वडा न. ६ का वडा अध्यक्ष भरत शिवभक्तीलाई हस्तान्तरण गरेका छन् । लामाको निजि खर्चमा सो सामाग्री उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV