४ भाद्र २०७७, बिहीबार
  • सविन लामिछाने

तनहुँ, ४ भदौ । अघिल्लो वर्ष जिल्लाका ६ हजार एक सय ६९ जनाले एसईई दिएको परिक्षामा एक सय ५६ जनाले ए प्लस ल्याएका थिए । तर यो वर्ष भने तनहुँमा ‘ए प्लस’ ल्याउनेको संख्या आठ सय ४० रहेको छ ।

नियमित साधारण तर्फ ६ हजार ७७ र नियमित प्राविधिक धारतर्फ ९७ गरि कुल ६ हजार एक सय ७४ जनाले शैक्षिक सत्र २०७६ को एसर्ईई परिक्षामा सम्मिलित थिए । जसमा आठ सय २३ जना नियमितले र १७ जनाले प्राविधक तर्फ ए प्लस ल्याएका छन् । त्यस्तै अघिल्लो सत्रमा ६ सय २० जनाले ‘ए’ ल्याएका थिए भने यस सत्रमा नौ सय ९२ जना साधारण र ३३ जना प्राविधि तर्फ बाट गरि एक हजार २५ जनाले ‘ए प्लस’ ल्याएका छन् ।

 

शिक्षा विकास तथा समन्वय इकाइ परीक्षा शाखाका प्रमुख विश्वप्रकाश रेग्मीका अनुसार यस वर्ष कोरोनाको महामारीको कारण सरकारले परीक्षा लिन नसक्दाँ विद्यालय मुल्याङकन गरेको आधारमा नतिजा प्रकाशन गरिएको हो । उहाँले भन्नुभयो “ विद्यालयको आन्तिरक मुल्याङकनको आधारमा नतिजा प्रकाशन गरिएको हो । उपलब्धी राम्रो देखियो भन्न मिल्ला, ” उहाँले थप्नुभयो,“ विद्यालयले पढाई राम्रो भन्न पनि मिल्छ र लापरबाही पनि । अहिले राम्रो नतिजा आएको विद्यार्थीले कक्षा ११ रकक्षा १२ मा यहि उपलब्धी कायम राखेमा राम्रो हुन्छ । ”

धेरै विद्यार्थीको सोच फाइनल परीक्षा राम्रो गर्ने हुन्छ । त्यही भएर खुबै मेहनत गरेका हुन्छन् । मेहनत गरेका विद्यार्थी दुःखी भएको रेग्मीले बताउनुभयो । ‘जो विद्यार्थीले लकडाउनमा मेहनत गरेन उनीहरु खुशी भएका होलान् । तर, मेहनत गर्ने विद्यार्थी दुःखी छन् ।’ शैक्षिक सत्रको लागि एसईई दिन ६ हजार २ सय ३० ले फारा भोरेका थिए जसमा विभिन्न कारणले परिक्षा दिन अयोग्य रहेको भन्दै ५१ जना र पाँच जना अनुपस्थित रहेको कारण उनिहरुको फाराम रद्द गरिएको थियो ।

रेग्मीका अनुसार सामुदायिक विद्यालय तर्फका एक सय सोह्र विद्यालयबाट दुई हजार पाँच सय २१ छात्रा, दुई हजार दुई सय २५ छात्र गरी चार हजार सात सय ४६ र संस्थागत विद्यालय तर्फका ५८ विद्यालयबाट छ सय ११ छात्रा आठ सय ७३ छात्र गरी एक हजार चार सय ४ गरी कूल छ हजार दुई सय तीस विद्यार्थी रहेका थिए । जसमा छात्रा तर्फ तीन हजार एक सय ३२ र छात्रतर्फ तीन हजार ९ जना रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV