४ भाद्र २०७७, बिहीबार
  • रामगाेपाल तमखु

भक्तपुर, ४ भदाै । उपत्यकामा गएरातिदेखि जारी गरिएको निषेधाज्ञाकाे पहिलो दिन आज भक्तपुरमा पुर्णरुपमा पालना भएको देखिन्छ । नगरका विभिन्न ठाउँका बजार बन्द छन् भने मानिसहरु अतिआवश्यक कामका लागि बाहेक बाहिर निस्केका छैनन् ।

अरनिको राजमार्गमा अतिआवश्यक सवारी साधनबाहेक अरू सवारी साधन चलेको छैन । जिल्लाको मुख्य चोक बजारलगायत विभिन्न क्षेत्रमा सुरक्षाकर्मीहरु बसेर किनमेलको लागि हिँड्ने मान्छेहरुलाई भोलिबाट निश्चित समयमा मात्र निस्कन भनेर सम्झाउने गरिरहेका छन् ।

बिनाकाम यताउता डुल्ने मान्छेहरुलाई भने दुई घण्टा होल्डिङ गरेर राखी सम्झाई-बुझाई पठाउने गरेको महानगरीय प्रहरी वत्त जगातीका डिएसपी चक्रराज जोशीले बताउनुभयो ।

खाद्यान्न, दूध, तरकारी, औषधि, पानी लगायतका सामान ढुवानी गर्ने सवारी साधनहरुलाई भने निर्वाध रुपमा पठाउने गरेको र बैंक, सरकारी कार्मचारीहरुलाई पनि रोक्ने नगरेको डिएसपी जोशीले बताउनुभयो । भोलिबाट भने निषेधाज्ञा उल्लंघन गर्नेलाई सरुवा रोग संक्रमण ऐन २०२० अनुसार कारवाही गरिने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV