४ भाद्र २०७७, बिहीबार

काठमाडौँ, ४ भदौ । स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका बिहीबार सुनसान बनेको छ ।

उपत्यकामा कोभिड-१९ को संक्रमण बढ्दै गएपछि मंगलबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाको कारण बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा मानिसहरुको आवत जावत न्युन छ। सडकमा प्रहरीको संख्या बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV