४ भाद्र २०७७, बिहीबार
  • विवेक राई

भोजपुर , ४ भदौ । भोजपुर सदरमुकाम आसपासका सडक अव्यवस्थित बन्दा स्थानीय सर्वसाधरणले चरम सास्ती भाेगिरहेका छन् । भोजपुर नगरपालिका ८, पोखरेस्थित करिब १० वर्षअघि बनेको हस्पिटल दुम्सिका सडक खण्ड व्यवस्थित हुन नसक्दा स्थानीय मारमा परेका हुन् ।

सदरमुकामकै छेउमा भएपनि व्यवस्थित सडक नहुँदा स्थानीयहरु पैदलै सदरमुकाम धाउँछन् । विशेषगरि गाउघरमा विरामि हुदा अस्पताल लानुपर्ने अवश्थामा विरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल पु¥याउने गरेका छन् । स्थानीय गोपाल तामाङले भने “सडक त छ तर सारो गाह्रोमा प्रयोग गर्न सकिदैन सडककै कारण विरामी हुदा एम्वुलेन्स तथा ढुवानीका साधन चल्न नसक्दा स्थानीयहरुलाई समस्या भएको छ”।

नगरपालिका र वडाले पनि सडक स्तरोन्नतीमा वेवास्ता गर्दा सडक खनिएको १० वर्ष भन्दा वढिहुदा पनि वाह्रै महिना सञ्चालनमा आउन नसक्दा स्थानीयबासिन्दा गुनासो गर्छन् । अन्य सडकमा स्थानीय तहले विभिन्न शिर्षकमा बजेट सिद्याउने गरेपनि मुख्य मार्ग जोडिने उक्त सडकमा कसैले ध्यान नदिएको स्थानीय ले आरोप लगाए ।

बेलाबेला नगरपालिका तथा वडामा सडकको विषयमा कुरा उठाएपनि सुनुवाई नभएको स्थानीयको आरोप छ । नगरपालिकाले सामान्य खाडलपुरेपनि वर्षातले यत्रतत्र विगारेको स्थानियको गुनासो छ । यता वडाध्यक्ष वडाध्यक्ष गोपाल कार्कीका अनुसार उक्त सडक खण्डको स्तरोन्नतीका लागि थोरै वजेटले काम नहुने र यसका लागि नगरपालिका सँग समन्वयगरी स्तर उन्नति गर्ने कोशिस भै रहेको छ ।

LIVE TV