४ भाद्र २०७७, बिहीबार

काठमाडौँ, ४ भदौ । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागू भएको छ। देशभर कोभिड १९ को संक्रमितको संख्या थपिरहेको र जिल्ला प्रशासन कार्यलय जारी गरेको निषेधाज्ञाको पूर्ण रुपमा पालना बुढानिलकण्ठ नगरपालिकाले नगरवासीलाई अनुरोध गरेको छ । साथै, नगरपालिकाले जिल्ला प्रशासन कार्यलयले जारी गरेको निषेधाज्ञा पालना भए नभएको निगरानी गर्ने भएको छ ।

देशभर कोरोना भाइरसको महामारी फैलिएको भन्दै नगरपालिकाले नगरबासीलाई सुरक्षित रहन अनुरोध समेत गरेको छ । सरकारले गरेको निषेधाज्ञा पालना गर्न उप प्रमूखको संयोजकत्वमा कोभिड अनुगमन समितिलाई निरन्तरता दिने र पालना भएनभएको निगरानी गर्ने भएको छ ।

नगरपालिकाले संक्रमण न्यूनिकरण गर्न अत्यावशेक वस्तु तथा सामाग्री विक्री वितरण गर्ने व्यवसायहरु पनि बिहान ७ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV