४ भाद्र २०७७, बिहीबार

काठमाडौं, ४ भदाै । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणमा उल्लेख्य कमी आउन सकेको छैन । बुधबार मात्रै अमेरिकामा ४४ हजार ९ सय ५७ नयाँ काेराेना संक्रमित भेटिएकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ ।

याेसँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या   ५७ लाख ९ सय ३१ पुगेकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ । अहिलेसम्म अमेरिकामा काेराेनाका कारण १ लाख ७६ हजार ३ सय ३७ पुगेकाे छ ।  जसमा १ हजार २ सय ५६ जनाकाे भने पछिल्लाे २४ घण्टामा मात्रै भएकाे छ ।

कुल संक्रमितमध्ये ३० लाख ६२ हजार ३३१ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी २४ लाख ६२ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १६ हजार ८७५  केस जटिल अवस्थाका रहेको जनाइएको छ ।

 

LIVE TV