४ भाद्र २०७७, बिहीबार

एजेज्सी, ४ भदाै । जर्मन च्याम्पियन बायर्न म्युनिखले फ्रान्सेली क्लब लियोनमाथि जित दर्ता गर्दै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेकाे छ । बुधबार राति भएको खेलमा बायर्नले फ्रेन्च क्लब लियोनलाई पराजित गर्दै पीएसजीसँगको भेट पक्का गरेको हो ।

लिस्बनमा भएको दोस्रो सेमिफाइनल खेलमा बायर्नले लियोनलाई ३-० गोलले पराजित गरेको हो । बायर्नको जितका लागि सर्जि नाब्रीले दुई तथा रोबर्ट लेवन्डोवस्कोले एक गोल गरे ।

खेलको १८ औं मिनेटमा नाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । उनले जोसुआ किमिचिको पासमा गोल गर्दै बायर्नलाई १-० को अग्रता दिलाए । त्यस्तै ३३ औं मिनेटमा नाब्रीले व्यक्तिगत दोस्रो गोल गरे । रोबर्ट लेवन्डोवस्किले प्रहार गरेको बल लियोनका गोलकिपरले रोक्न खोज्दा फर्किएको बलाई वान टच गोल गर्दै पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका हुन् ।

८०औं मिनेटमा फिलिप्पे काउटिन्होले गोल गरेपनि रेफ्रीले अफसाइड दिँदै मान्य दिएनन् । ८८ औं मिनेटमा लेवान्सोवस्किले गोल गर्दै बायर्नलाई ३-० गोलको जित दिलाए । पीएसजी भने मंगलबार राति भएको खेलमा लेइप्जिगलाई ३-० गोलले पराजित गर्दै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV