३ भाद्र २०७७, बुधबार

काठमाडौं, ३ भदौ । न्यूज २४ टेलिभिजनबाट मंगलबार राति प्रसारण भएको एक रिपोर्टमा असावधानीबस गलत तस्विर र वाक्यांश प्रयोग हुन गएकोमा सच्याइएको छ।

नेपाली झण्डा जलाइएको म्युजिक भिडियोको सन्दर्भको एक रिपोर्टमा असावधानीबश मधेशको सन्दर्भ जोड्नु र त्यसमा गलत तस्वीर प्रयोग हुनु गल्ती थियो। त्यसका लागि क्षमायाचना गर्दै उक्त सामग्री हटाइएको जानकारी गराउन चाहन्छौं।

असावधानीबस प्रशारण भएको उक्त सामग्रीले तराइ–मधेशको भावनामा ठेस पुग्न गएकोमा न्यूज २४ टिभीको तर्फबाट त्यो नियत नभएर मानवीय त्रूटि हुन गएको प्रष्ट पार्न चाहन्छौं । आगामी दिनमा गल्ती नदोहोर्याउन हामी थप सचेत हुनेछौं।

LIVE TV