३ भाद्र २०७७, बुधबार

काठमाडौं, ३ भदौ । काठमाडौं उपत्यकमा निरन्तर कोरोना संक्रमितहरु बढिरहेका कारण सरकारले भदौ तीन गते राति १२ बजेदेखि भदौ दश गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको छ ।

उक्त निषेधाज्ञा अवधिभर सञ्चार गृहहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट लकडाउन अवधिभरका लागि जारी भएको सवारी पासलाई नै प्रयोग गर्न आग्रह गरिएको छ ।

बुधबार राति सूचना तथा प्रसारण विभागले प्रेस विज्ञप्ती जारी गर्दै लकडाउन अवधिभरका लागि जारी भएको सवारी पासलाई नै प्रयोग गर्न सञ्चार गृहहरुलाई आग्रह गरेको हो ।

यसरी सवारी साधन प्रयोग गर्दा सवारी प्रयोगकर्ताहरुले आफ्नो फोटोसहितको परिचय–पत्र अनिवार्य लगाउनुपर्ने छ । त्यस्तै, जारी भएको सवारी पास सञ्चार गृहको अत्यावश्यक काममा मात्रै प्रयोग गर्न विभागले आग्रह गरेको छ ।

यसका साथै, विभागले परिस्थितिजन्य अवस्थालाईसमेत ध्यानमा राखेर न्यूनतम सवारी साधन मात्र प्रयोग गर्न अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV