३ भाद्र २०७७, बुधबार

एजेन्सी, ३ भदौ । इरानमा कोरोना भाइरसको कारण मृत्यु हुनेहरूको आधिकारिक संख्या २० हजार नाघेको छ।इरान स्वास्थ्य मन्त्रालयका प्रवक्ता सीमा सआदत लारीका अनुसार कोरोना भाइरसको कारण मर्नेको संख्या २० हजार एक सय २५ पुगेको छ भने २४ घण्टामा २ हजार ४ सय ४४ नयाँ संक्रमणका घटनाहरू फेला परेका छन्।

हाल सम्म त्यहाँ ३ लाख ५० हजार २ सय ७९ कोरोना संक्रमित पुगेको जनाइएको छ । त्यस्तै मानिसहरु आईसीयूमा उपचार भइरहेको छ। ३ हजार ८ सय ६८ मानिसहरु आईसीयूमा उचाररत छन् ।

इरानमा संक्रमण भएका घटनाहरूमा तीव्र वृद्धि भएको देखिएको छ। मेको मध्यमा संक्रमणका घटनाहरू बढ्न थालेको छ । यद्यपि इरानमा कोरोना भाइरस संक्रमणको अधिक घटनाहरू छन्।

बीबीसी फारसी सेवाले गरेको अनुसन्धानले इरानमा कोभिडबाट हुने मृत्युको संख्या सरकारी तथ्यांकको तुलनामा झन्डै तीन गुणा बढी छ।

आधिकारिक तथ्यांक अनुसार इरान मध्यपूर्वमा कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित देश हो।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV