३ भाद्र २०७७, बुधबार

तनहुँ, ३ भदौ । समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम बढेपछि शुक्लागण्डकी नगरपालिका एक हप्ताको लागि लकडाउन गरिएको छ ।शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौंडाका २९ वर्षीय पुरुषमा बुधबार कोरोना पुष्टि भएको हो । उनी सवारी चालक रहेको र समुदायमा कोरोनाको जोखिम रहेको भन्दै नगरपालिकाले अत्यावश्यकबाहेक सबै सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।नगरपालिकामा बुधवार बसेको बैठकले भदौ ३ गते रातिदेखि लागू हुने गरी भदौं १० गते राति १२ बजेसम्म अतिआवश्यक बाहेक सबै क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । मेयर किसान गुरुङद्धारा बैठकपछि जारी सूचनामा थप संक्रमणबाट बच्न र बचाउन बैंक तथा वित्तिय संस्था, उद्योग कलकारखाना, व्यवसाय, सार्वजनिक तथा निजी संस्थाबाट प्रदान हुने सेवा, भौतिक निर्माणसँग सम्बन्धित ढुवानी तथा निर्माण कार्यहरु, सामाजिक संघ संस्थाले गर्ने कोभिड १९ नियन्त्रणका प्रयासहरु र अत्यावश्यक बाहेकका नियमित सेवाहरु बन्द हुने उल्लेख छ ।संक्रमित पुरुषलाई जिपि कोईराला श्वासप्रश्वास उपचार केन्द्रको आईशोलेसनमा राखी उपचार भइरहेको छ ।यसबीचमा अत्यावश्यक सेवा, सरसफाई, स्वास्थ्य, विपद व्यवस्थापन, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरी औषधि र औषधालय पसल, दुधजन्य सेवा सञ्चालन हुनेछन् । साथै एम्बुलेन्स, शववाहन, पानी, इन्धन, सरकारी प्लेका र प्रशासनबाट पास लिएका सवारी भने सञ्चालन हुनेछन् ।यसअघि समुदाय स्तरमा कोरोना देखिएपछि व्यास, भानु, बन्दिपूर, आँबुखैरेनी, देवघाटमा लकडाउन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV