३ भाद्र २०७७, बुधबार
  • अभिमन्यू लामिछाने,

उदयपुर, ३ भदौ । निर्माणाधीन मदन भण्डारी बैकल्पिक राजमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–११ का स्थानीयले सर्भे डिजाइन सच्याउन माग गरेका छन् ।

त्रियुगा नगरपालिकाको वडा नम्बर ११ को पूरानो गाईघाट चोकमा केही पहुचवाला ब्यक्तिहरुले सडकको सर्भे नै परिवर्तन गरेका कारण आफूहरुको उठीबास हुने भन्दै सर्भे परिवर्तन गर्न माग गरेका हुन् ।

साविक सडकको बीच भागबाट दाँया–बाँया १५/१५ मिटर क्षेत्रफल लिएर काम गर्नु पर्ने भएता पनि एकतर्फी ढंगले सडक निर्माण कार्य अगाडि बढाइएको कारण स्थानीयहरुले विरोध गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पूर्वधार तथा यातयात मंत्रालय, नगरपालिकालगायत विभिन्न निकायमा उजुरी समेत दिएका छन् ।

राजमार्गको अन्य सबै स्थानहरुमा कहिकतै डीपीआर परिवर्तन नभएको तर, यस गाइघाट बजारको पूरानो गाइघाट क्षेत्रमा मात्र डीपीआर परिवर्तन हुनु पहुच भएकाहरुले आफनो जग्गा बचाउने नाममा अरुलाई पेल्न खोजेको पीडीतहरु बताउँछन ।

स्थानीय सरकार, स्थानीय प्रशासन, सडक कार्यलय, जनप्रतिनिधिहरु तथा स्थानीयहरु बीच पटक–पटक सडकको विषयमा छलफल गर्दासमेत आयोजना र जनप्रतिनिधिहरुनै पहुचवालाको पक्षमा उभिदा समस्या समाधान नभएकोे स्थानीयहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV