३ भाद्र २०७७, बुधबार
  • मनिराज पाण्डे

कालिकोट, ३ भदौ । नरहरीनाथ गाउँपालिका ५ रुप्साको जात्तडामा पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका चारै जनाको सनाखत भएको छ ।नरहरीनाथ ५ का ५५ बर्षीय चन्द्र सहकारी, २७ बर्षीया चम्फा सहकारी, ३० बर्षीया झिमा सहकारी र १२ बर्षीया रमित सहकारी मंगलबार राति आएको पहिरोमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पहिरोमा बेपत्ता भएकाहरुको खोजीका लागि प्रहरी टोली घटना स्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलीयाले बताउनु भयो ।

नरहरीनाथमा रहेको इलाका प्रहरी कार्यालय कुमालगाउँबाट घटना स्थल पुग्न चार घण्टाको पैदल बाटो हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV