३ भाद्र २०७७, बुधबार

काठमाडौं, २ भदौ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय २० जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय २० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १७ हजार ७ सय पुगेको छ । यो निको हुने कुल प्रतिशतमा ६१ दशमलव २ प्रतिशत हो ।

त्यस्तै, हालसम्म १३ हजार ५ सय ७१ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ११ हजार १ सय १८ जना छन् ।

देशभर पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण हुँदा कुल ५ लाख ५४ हजार ३ सय ८८ जनाको पीसीआर परीक्षण भएको छ ।

LIVE TV