३ भाद्र २०७७, बुधबार
  • बाल बिक्रम कार्की

रौतहट, ३ भदौ । रौतहट प्रहरीले ६ लाख ४० हजार श्रोत नखुलेको रकमसहित २ जना भारतीय महिलालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट प्रहरी सहायक निरिक्षक मनोज कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई गौर नगरपालिका वडा नं. ३ महादेवपट्टीस्थित दशगँजा क्षेत्रमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।पक्राउ पर्नेहरुमा भारतको विहार राज्य जिल्ला सितामढी बैरगनिया ग्राम पन्चायत वडा नम्बर १ सिन्दुरीयाकी ४५ वर्षीया शान्ती देवी र सोही स्थान बस्ने वर्ष ४५ वर्षीया मिना देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविराज खड्काले जानकारी दिएका छन् । उनका अनुसार ती महिलाहरु प्रहरीको आँखा छलेर घाँस काट्न बाहानामा नेपाल प्रवेश गर्न लागेका थिए ।प्रहरीलाई उनीहरुको गतिविधिमाथि शंका लागेर उनीहरुको साथमा रहेको प्लाष्टिकको झोला चेकजाँच गर्दा झोला भित्र सो परिमाणको श्रोत नखुलेको नेपाली रुपैयाँ फेला परेको हो । उनीहरुले के उद्धेश्यका लागि रकम नेपाल भित्राउन लागेको अहिलेसम्म नखुलेपनि हुन्डी कारोवारी हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरी प्रमुख खड्काले उनीहरुमाथि आर्थिक अपराध अन्र्तगत मुद्धा दर्ता गरेर थप अनुसन्धान भइरहेको र बाँकी जानकारी अनुसन्धानपछि प्रष्ट हुने बताएका छन् । कोरोना भाइरसका कारण नेपाल–भारत सिमाना बन्द रहेपनि जिल्लामा सिमानाका हुँदै हुन्डी कारोवारी जारी रहेको स्थानीयको गुनासो छ ।

भारतीयहरु प्रहरीको आँखा छलेर विभिन्न बाहाना भारतबाट हुन्डीको रकम नेपाल भित्राउने गरेका छन् । उनीहरुले यस्तो कारोवारको लागि विशेषगरी महिलाहरुलाई प्रयोग गर्ने गरेको पाइन्छ । उनीहरुले घाँस काट्रने बहानामा नेपाल आउने र घाँसको बोरामा घाँससँगै हुन्डीको रकम पनि ओसारपसार गर्ने गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV