३ भाद्र २०७७, बुधबार
  • भगतराम थारु

नेपालगञ्ज, ०३ भदौ । पछिल्लो समय बाँकेमा लकडाउनलाई खुकुलो बनाइदै गएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा र लकडाउन हटाएर जोर विजोर प्रणाली लागू गरी सवारीसाधान चलाउन पाइने लागू गरिएको छ ।

लकडाउन खुकुलो बनाउँदै गएको जिल्ला प्रशासन कार्यालयले जिल्लामा भने कोरोना संक्रमण थपिदै गएको पुष्टि गरेको छ । पछिल्लो समय बाँकेमा समुदाय स्तरमै कोरोना देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले विना कामको बाहिर निस्कने व्यक्ति र पसल खोल्नेलाई स्वास्थ्य मापन पूरा गरेर मात्र संचालन गर्न अनुरोध गरेको छ ।

बाँकेमा हालसम्म क्वारेन्टाइनमा १ सय ९४ जना रहेका छन् । यस्तै आइसोलेशनमा २ सय ६७ जना, कोरोना पोजेटिभ ७ सय ५० जना, निको भएका ४ सय ६८ जना, मृत्यु भएका ४ जना, पीसीआर जाँच १६ हजार ३ सय ८१ जना र मंगलवारमात्र १६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV