३ भाद्र २०७७, बुधबार

काठमाडौं, ३ भदौ । नेपाल प्रहरीले नेपालको राष्ट्रिय झण्डा झलाएको दृश्य राखेर म्युजिक भिडियो बनाउने ग्याल्जोम दोर्जे तामाङलगायत ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

नेपाल प्रहरीले आफ्नो अफिसियल फेसबुक पेजमार्फत् जानकारी गराउँदै म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्य तामाङसहित ९ जनालाई नियन्त्रणमा लिइएको जानकारी गराएको हो ।

नियन्त्रणमा परेकाहरुलाई कानून बमोजिम कारबाही गरिने पनि नेपाल प्रहरीले जानकारी गराएको छ । यही भदौ १ गते मंगोल हप अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक ‘देशद्रोही’ गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्यलाई प्रस्तुत गरिएको छ । सोही, कारण उक्त गीतको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

राष्ट्रिय गान र राष्ट्रिय झण्डालाई अपमान र क्षति गर्न मुलुकी अपराध संहिताले निषेध गरेको छ । तर, त्यस्तो कसुर गर्नेलाई तीन वर्षसम्म कैद सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना तथा दुवै हुने व्यवस्था रहेको महानगरीय अपराध महाशाखा, काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV