३ भाद्र २०७७, बुधबार

काठमाडौँ, ३ भदाै । स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्यष्टि गरिएको छ । बुधबार पशुपति आर्यघाटमा स्वर्गीय घिमिरेको राष्ट्रिय
सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

घिमिरेलाई नेपाली सेनाको एक टुकडीले सलामी अपर्ण गरेका थिए । पार्थिव शरीर नेपाली सेनाको सवारीमार्फत आर्यघाट पुर्याइएको थियो । घिमिरे नेपाली सेनाका मानार्थ सहायक रथीसमेत रहेका थिए ।

बुधबारै घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएकाे थियाे । मंगलवार निधन भएको घिमिरेलाई अन्तिम श्रद्धान्जली दिन मन्त्री पोखरेल बुधवार घिमिरेको निवास लैनचौर पुग्नुभएको थियो ।

घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार बेलुका निधन भएको थियो । उहाँ लम्जुङ जिल्लाको पुस्तुन गाउँमा १९७६ असोज ७ गते जन्मिनु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV