३ भाद्र २०७७, बुधबार
  • भगतराम थारु

नेपालगन्ज, ०३ भदौ । जिल्ला प्रशासन कार्यालय बाँकेले स्वास्थ्य सुरक्षा मापदण्ड पुरा नगरी व्यवसाय संचालन गर्नेलाई कारवाही गरिने भएको छ । मापदण्ड पुरा नगरेका पसललाई ७ दिन सिल गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले चेतावनी दिनुभएको छ ।

स्थलगतरुपमा स्वास्थ्य सम्वन्धि मापदण्ड पुरा नगर्ने पसललाई कारवाही स्वरुप सात दिन पसल सिल गरिने प्रजिअ कुरुम्वाङको भनाई छ । बाँकेमा पैदल अनुगमनकर्ताहरुले पसलहरुको फोटो खिच्ने छन् र सोही आधारमा पसल ७ दिनका लागि बन्द गरिने प्रजिअ कुरुम्वाङले बताउनुभयो ।

पसलमा भौतिक दुरी कायम गर्न डोरी लगाउनु पर्ने, सेनिटाइजर राख्नु पर्ने, मास्क लगाउनु पर्ने र मास्क लगाएर आएका ग्राहकलाई मात्र सेवा दिनुपर्ने स्वास्थ्य सम्वन्धी मापदण्ड बनाइएको छ सो मापदण्डका आधारमा पसल खोल्न पाइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV