३ भाद्र २०७७, बुधबार

काठमाडाैं, २ भदाै । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति पूर्व राजा ज्ञानेन्द्र शाह ले दुःख व्यक्त गर्नुभएकाे छ । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ : ५५ बजे उहाँकै निवास लैनचौरमा मृत्यु भएकाे थियाे ।

देशभक्ति र प्रकृति प्रेममा आधारित घिमिरेका अनेकौँ काव्य कृति सदा पठनीय र मननीय छन् भन्ने कुरा उल्लेख गर्नुहुँदै पूर्वराजा शाहले उहाँको निधनले नेपाली वाङ्गमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको बताएउनुभएकाे छ ।

साथै पूर्वराजा शाहले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएकाे उहाँकाे सचिवालयद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

राष्ट्रकवि घिमिरेको बुधबार राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदै छ ।

LIVE TV