३ भाद्र २०७७, बुधबार
  • सन्तोष काफ्ले

सुनसरी, ३ भदाै । सुनसरीको धरानकी एक सक्रमित महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उचाररत धरान १५ की ७१ वर्षीया महिलाको आज विहान ११.१५ मा मृत्यु भएको हो ।

धरानमा हालसम्म ९६ जना संक्रमित रहेका भए पनि मृत्यु हुने उनि पहिलो हुन् । गत साउन २३ गते कोरोना संक्रमित भएको पुष्टि भएसँगै साउन २४ गते कोभिड अस्पतालमा भर्ना भएकी उनको उपचारका क्रममा आज विहान सवा ११ वजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाले जानकारी दिनुभयाे ।

प्रवक्ता सापकोटाका अनुसार उनको प्रतिष्ठानको कोभिड अस्पतालको एचडियुमा राखेर उपचार भइरहेको थियो । मृतक महिलामा फोक्सो र मुटुको समस्या भएर औषधि सेवन गरिरहेकी थिइन उनलाई स्वाथ्यमा समस्या आएपछि २३ पिसिआर परिक्षण गरि पोजेटिभ आएपछि २४ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

उनको परिवारका सदस्यलाई कोरोना सक्रमण भएपछि उनको पनि परिक्षण गरिएको । वीपी प्रतिष्ठानभित्र उपचारार्था ९ जना संक्रमितको मृत्यु भइसकेको प्रतिष्ठानले जनाएको छ ।

यसै गरी हिजो साँझ मोरङको बूढीगंगा गाउलिकाकी ६७ बर्षीया कोराना सक्रतिम महिलाको उपचारको क्रमम मृत्यु भएको थियो । उनको शव व्यवस्था पनको तयारी भइरहेको धरान उपमहानगर पालिकाले जनाएको छ ।

LIVE TV