३ भाद्र २०७७, बुधबार

काठमाडौं, ३ भदौ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले दिवंगत राष्ट्रकवि माधव घिमिरेलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको छ । मंगलवार निधन भएको घिमिरेलाई अन्तिम श्रद्धान्जली दिन मन्त्री पोखरेल बुधवार घिमिरेको निवास लैनचौर पुग्नुभएको थियो ।

सेनाका उपरथीसमेत रहेका घिमिरेको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV