३ भाद्र २०७७, बुधबार

काठमाडौं, ०३ भदौ । सुरक्षाकर्मीको बन्धकमा परेपछि पश्चिम अफ्रिकी देश मालिका राष्ट्रपति इब्राहिम बुबाकार केयटाले राजीनामा दिएका छन् । मालीको एक सरकारी टेलिभिजनमा सम्बोधन गर्दै उनले सरकार र संसद्‍ पनि भङ्ग गरेको बताएका छन् ।

उनले आफ्नो कारण जनतामा निरासा र देशमा रगत नबगोस भन्दै राजीनामा दिएको घोषणा गरेका हुन् । उनले टेलिभिजन सम्बोधनमा भने – ‘म आफूलाई शक्तिमा राखेरहेर रगत बगाउन चाहन्न ।’

मंगलबार मालीका सैनिकहरुले राष्ट्रपति इब्राहिम बुबाकार केयटा, प्रधानमन्त्री बूबू सीशे, राष्ट्रपतिका छोरा, माथिल्लो सदनका सभामुख, विदेशमन्त्री र अर्थमन्त्रीसहित उच्च अधिकारीहरुलाई बन्धक बनाएका थिए । त्यहाँका सैनिकहरु लामो समयअघिबाट सरकारसँग अशन्तुष्ट थिए । बिद्रोहहीसँगको निरन्तर हिंसाका कारण राष्ट्रपतिसँग असन्तुष्ट बनेका सैनिकहरुले राष्ट्रपतिको आदेश नमान्दै उल्टै नियन्त्रणमा लिएका थिए ।

त्यहाँका सैनिकहरुले राष्ट्रपति र प्रधानमन्त्री सहित उच्च अधिकारीहरुलाई गिरफ्तार गरेर राजधानी नजिकैको एउटा छाउनीमा लगेर राखेका थिए । यो घटनाको क्षेत्रीय सङ्गठन सहित अन्तर्राष्ट्रिय रूपमा भर्त्सना गरिएको छ।

सैनिकहरुले उनीहरुलाई राखेको स्थान मुख्य सैन्य शिविरमा मङ्गलवार बिहान गोलीसमेत चलेको बताइएको थियो ।

यसरी भयो गिरफ्तार

गिरफ्तारमा कति सैनिक अधिकारी संलग्न रहेका थिए भन्नेबारे पूर्ण बिवरण भने आइनसेको बीबीसीले जनाएको छ । तर मालीको राजधानीमा राष्ट्रपतिविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूले गिरफ्तार गरेको प्रति खुसी प्रकट गर्दै स्वागत गरेका छन् ।

मंगलबार दिउसो राष्ट्रपति निवासमा बिद्रोही सैनिकहरुले धावा बोलेका थिए । र, त्यसलगत्ते राष्ट्रपति, साथै रहेका प्रधानमन्त्री राष्ट्रपतिका छोरा, माथिल्लो सदनका सभामुख, विदेशमन्त्री र अर्थमन्त्रीलाई गिरफ्तार गरियो । गिरफ्तारको नेतृत्व कटी सैनिक छाउनीका उपप्रमुख कर्णेल मलिक डिव र अर्का कमान्डर जनरल सादिओ कमाराले गरेको हुनसक्ने बीबीसीले उल्लेख गरेको छ ।

गिरफ्तारको कारण

बिद्रोही सैनिक अर्थात गिरफ्तारमा संलग्न सैनिकहरुको माग स्पष्ट नभएपनि मुख्य कारण त्यहाको भ्रष्टाचार, बढ्दो जातीय हिंसा, अर्थतन्त्रको खराब व्यवस्थापन, जिहादीका कारण बिग्रिँदै गरेको मुलुकको अवस्था र पारिश्रमिकमा असन्तुष्ति रहेको हुनसक्ने अनुमान गरिएको छ । मालीमा यस्तै घटना आठ वर्षअघि पनि भएको थियो । तर त्यसलाई ‘सैन्य कू’ नै भनिएको थियो । यसअघिबाटै राष्ट्रपति बिरुद्ध मालीमा प्रदर्शन हुँदै आएको थियो ।

प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामासमेत माग्दै आएका थिए । एक धार्मिक अगुवा महमुद डिक्कोको नेतृत्वमा केही पछिल्ला महिनाहरूबाट निकै ठूलो समुहमा प्रदर्शनहरू भइरहेका थिए । मंगलबार हिजै सैनिकहरुको समर्थनमा एक समुह प्रशर्दनमा उत्रिएकाे थियाे ।

केयटाको यो दोस्रो कार्यकालको निम्ति सन् २०१८ को चुनावबाट निर्वाचित भएका हुन्। मालीमा केहि महिनायता सुरक्षा अवस्था र बढ्दो जातीय हिंसालाई लिएर व्यापक असन्तुष्टि छाइरहेको थियो । यसको सबै कारण राष्ट्रपतिको गतिविधि भएको प्रदर्शनकारीको आरेप छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV