३ भाद्र २०७७, बुधबार

काठमाडौं, २ भदौ । विश्व हिन्दु युवा संघले केही दिन अघि सामाजिक संजाल युट्यूवको मंगोल हव अफिसियल च्यानल मार्फत सार्वजनिक भएको एउटा गीतमा राष्ट्रिय झन्डा जलाएको र कुनै जात विशेष लाई गाली गलौज गरेको प्रती आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

संघका अध्यक्ष ऋषिकेश जंग शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त गतिविधिमा संलग्न सबैलाई नेपालको प्रचलित कानुन बमोजिम कार्वाहीको दायरामा ल्याउन माग पनि गरेका छन्।

अहिलेसम्म नेपालमा जातीय बिषयमा कुनैपनी खालको हिंसात्मक द्वन्द नभएको र पछिल्लो समय मंगोल हब अफिसियलको च्यानलबाट सार्वजनिक भएको गितले नेपालमा जातीय द्वन्द्व निम्त्याउन सक्ने भन्दै त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न संघका अध्यक्ष शाहले सरकारलाई आग्रह गरेका छन्।

राष्ट्रिय झन्डालाई जलाउने जस्तो देश द्रोहही कार्यमा लाग्नेलाई कार्वाही नगर्ने हो भने भोलि हाम्रो राष्ट्रियता कम्जोर हुने पनि शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV