३ भाद्र २०७७, बुधबार
  • आशिष केसी

सल्यान, ३ भदौ । सल्यानमा खोलाले बगाउँदा एक जना वेपत्ता भएका छन् जिल्लाको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिका स्थित बनगाड खाेलाले बगाउँदा बेपत्ता भएका हुन् ।

बाढीले बनगाड स्थित नाथेखाेलामा निर्माणधिन पुलमा काम गर्ने मजदुरलाई बगाएकाे छ । रातिको समयमा पुलको क्याम्प नजिकै निर्माण कार्यमा संलग्न सामग्री बचाउन खोज्दा राति १ बजे बनगाड खोलामा आएको बाढीले बगाएको छ । एक जना मजदुर तत्कालै खाेलाबाट पार लागेर बाँच्न सफल गएका छन् भने अर्का मजदुर वेपत्ता भएकाे र खोजी कार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

त्यसै गरि गएराति परेको अविरल वर्षापछि बाढी बजारमा पसेको र आसपासको क्षेत्रमा लगाएको धानबालीमा पनि ठूलो क्षती पुर्याएको छ । बाढीले च्युरा हुँदै सल्लीबजारकाे गैलि बजारमा पनि ठूलो मात्रामा क्षती पुर्याएकाे छ । भेलसँगै आएको बाढीले खाेलामा लगाइएका तारजालीहरु बाढीले बगाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV